काठमाडौं, असोज ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायमै राख्नुपर्ने अवधारणा अघि सार्नुभएको छ ।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउन कांग्रेस नेतृत्वको बर्तमान गठबन्धन जरुरी रहेको निश्कर्षसहित आगामी प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा यो गठन्धन कायम राख्नुपर्ने औपचारिक अवधारणा अघि सार्नुभएको हो ।
‘वर्तमान मोर्चाबन्दीलाई कम्तिमा प्रतिनिधिसभाको पूर्णकालभरी र आगामी चुनाव तथा स्थानीय तहको निर्वाचन सम्पन्न नहुँदासम्म जारी राख्नुपर्छ,’ प्रतिवेदन प्रस्तुत गर्ने क्रममा नेपालको भनाई उधृत गर्दै नेकपा एसका एक नेताले जनताटाइम्ससँग भन्नुभयो । ती नेताका अनुसार प्रतिवेदनमा कांग्रेस, माओवादी केन्द्रको उच्च प्रसंशा गरिएको छ भने एमाले र महन्थ ठाकुर नेतृत्वको लोसपामाथि प्रहार केन्द्रित (गालीगलौज) गरिएको छ ।
माधवले आफ्नो प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीबिरुद्धको गालीगलौजलाई नै मुख्य राजनीतिक दर्शनका रुपमा प्रस्तुत गर्नुभएको छ । नेपालले मुलुकमा दुई प्रकारको राजनीतिक धार विद्यमान रहेको भन्दै एमाले र अध्यक्ष ओलीबिरुद्ध दस्तावेज केन्द्रित गर्नुभएको छ । माधवले राजनीतिक प्रतिवेदनमा एमालेलाई पार्टी नभनी ओली गुटको संज्ञा दिनुभएको छ ।
‘मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान छन् । एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ,’ नेपालको प्रतिवेदनमा भनिएको छ, ‘अर्को बाम लोकतान्त्रिक समिकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी एकीकूत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी पेन्द्र नेपाली कांगे्रस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेको छ ।’













प्रतिक्रिया दिनुहोस्