बर्दिया, असोज ६ । नेकपा (एमाले) बर्दिया जिल्ला कमिटीको आयोजनामा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलालाई अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुभएको छ । अध्यक्ष ओलीको भाषण सुन्न कार्यकर्ता ओईरिएका थिए। स्थान सानो भएका कारण सबै एकै ठाउँमा बस्न सम्भव नभएकाले अध्यक्ष ओली लगायतका नेताहरुको भाषण डिजिटल स्क्रिनमा हेर्न मिल्ने बनाइएको थियो ।
कार्यक्रममा अध्यक्ष ओलीले सरकार सञ्चालन गरेका दलले जालझेल गरेर प्रतिपक्षमा पठाएको आरोप लगाउनुभयो । बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुयभो , ‘अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट हामीलाई प्रतिपक्षमा पठाइएको छ।’ जनताको हातमा मतपत्र नपरेसम्म परमादेश सरकार सञ्चालन हुने बताउनुभयो । ओलीले भन्नुभयो , ‘जबसम्म जनताको हातमा मतपत्र पर्दैन।
तबसम्म मात्रै परमादेश सरकार रहन्छ। जनताका हातमा मतपत्र परेपछि मात्र विपक्षी दलले परमादेश होइन जनादेशको महत्व बुझ्छन्।’ आगामी चुनावमा जनताले आफूप्रति गरेको विश्वास परीक्षा हुनेसमेत जीकिर गर्नुभयो । आफ्नो सरकारले विकास निर्माणको कार्य तीव्र गतिमा अगाडि बढाएको बताउँदै तत्कालीन सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनताका काम गर्न आनाकानी गरेको पनि आरोप लगाउनुभयो ।














प्रतिक्रिया दिनुहोस्