काठमाडौं, असोज ७ । काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा २०६४ सालकै जस्तो गरी जित्नुपर्ने भएकाले सोहीअनुसार तयार रहन निर्देशन दिनुभएको छ ।
काभ्रेको पाँचखालमा आयोजित वाइसिएल भेलालाई सम्बोधन गदै प्रचण्डले शान्तिपूर्ण भन्दै अर्को पक्षलाई लेखेट्नुपर्ने बताउनुभयो । उहाँले अर्को पक्षलाई गुण्डाको संज्ञा दिँदै गुण्डाले जालझेल गरेर चुनाव जित्ने भएकाले अब आफूहरु पनि सोहीअनुसार चल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वाइसिएललाई निर्देशन दिदै भन्नुभयो – कुरा बुझ्नुभो त , बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई भ्याकुर लखेटेझैं लखेट्नुपर्छ । हामीले त्यो बेला कति गरेका थियौं ? तपाईहरुले कति गर्नुभयो २०६४ मा । गर्नुपर्ने पनि गरियो, नगर्नु पनि गरियो र पो जितियो । प्रचण्डले अब वाइसिएले सिधा बनेर बस्न नहुने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्