जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १२:०८

गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.केसीको उम्मेदवारी यसकारण आवश्यक


काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना कालदेखि नै डा.बद्री केसी आवद्ध हुनुहुन्छ । पहिला रुसमा बस्ने नेपालीहरूबीच सहयोग, सद्भाव र भेटघाटका लागि यो संघ खोलेदेखि नै डा. केसी एनआरएनएमा आवद्ध हुनुभएको हो । आजभन्दा झन्डै १८ वर्ष पहिले स्थापना भएको एनआरएनएले यतिबेला मुलुकका झन्डै ८४ वटा देशमा आफ्नो सांगठानिक संरचना विस्तार गरिसकेको छ । यो संघ अहिले प्रवासमा बस्ने आम नेपालीको दुःख, सुखको सारथी बनेको डा.केसी बताउँनुहुन्छ ।

केसी एनआरएनएको स्थापना भए पश्चात् झन्डै चार वर्षसम्म साधारण सदस्य भएरै काम गर्नुभएको थियो । त्यसपछि २००७ मा एनआरएनए रसियाको सर्बसम्मत तथा निर्विरोध महासचिवमा चुनिनुभएको थियो । २००९ देखि २०१३ सम्म दुई कार्यकाल निर्विरोध पुनः चुनिएर केन्द्रीय समितिमा काम गर्नुभयो । उहाँ २०१३ मा केन्द्रीय कोषाध्यक्षमा निर्वाचित समेत हुनुभएके थियो । २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव भएर उहाँले संघ चलाइसक्नुभएको छ । २०१९ यता डा.केसी उपाध्यक्ष पदमा कार्यरत हुनुहुनछ । यद्यपि उहाँले अध्यक्षबाहेक एनआरएनएको प्रायः सबै पदिय दायित्व र जिम्मेवारी सम्हाली सक्नुभएको छ । यस संघमा आवद्ध भएदेखि नै आमगैरआवासीय नेपालीको पक्षमा उभिएको डा.केसी दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफू एक्लैले नभै गैरआवसीय नेपाली संघको मातहतबाट समस्यामा परेका नेपालीहरूको सहयोग गरेको छौँ, सहयोग र समर्थनका लागि हरहमेशा हामी उहाँहरूकै साथमा हुनेछौँ ।’

एनआरएनएको केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा.केसीले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयन र नेपालीहरूको आर्थिक तथा बौद्धिक लगानी नेपालमा भित्र्याउनका लागि आफूले पहल गर्ने बताउँदै बताउनुभयो। केसीले एनआरएनएका एजेण्डाहरू चलायमान र कार्यान्वयका लागि अध्यक्षमा आफ्नो बाहेक अरूको विकल्प नभएको बताउनुभयो। त्यस्तै ‘१० अर्बको संयुक्त लगानी कोषलाई मूर्तरूप दिन पनि केसी प्रतिबद्ध भएको बताउनुभयो ।

पाध्यक्ष डा. बद्री केसीको अध्यक्षमा उम्मेदवारी किन ?

स्थापनाको वर्षदेखि नै डा।केसी गैरआवासीय नेपालीहरूको हकहित र अधिकारका लागि एनआरएनएबाहेक अर्को विकल्प नदेखेको बताउनुहुन्छ । यसर्थ उहाँले आफ्नो सक्रिय जीवन रहुँञ्जेल एनआरएनएको साथ नछोड्ने प्रण गर्नुभएको छ । आफू एनआरएनएलाई निरन्तर चलायमान बनाइ राख्न अहोरात्र खट्ने उहाँको विश्वास छ । विगत लामो समयदेखि नै यस संघमा आवद्ध भए पश्चात् समस्यामा परेका नेपालीहरूको पक्षमा आवाज बुलन्द गर्दै आउनुभएको छ । केसी २०१९ यता उपाध्यक्ष पदमा रहँदादेखि नै एनआरएनएलाई विभिन्न देशहरूसँग साझेदार गरेर नेपालको कुटनीतिलाई चलायमान बनाउन उद्दत हुनुहुन्छ । त्यसयता उहाँले वैदेशिक तथा बौद्धिक दुवै लगानी नेपाल भित्र्याउने लगायतका थुप्रै एजेण्डामा आफूले हमेशा कोसिस गर्ने बताउनुभएको छ ।

उपाध्यक्ष केसीका एजेण्डा

१. गैरआवासीयलाई नागरिकता दिलाउने ।

यतिबेला गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने वा नदिने भन्ने विषय राष्ट्रिय मुद्दा र बहसको विषय बनेको छ । नागरिकता ऐनको संशोधन मस्यौदा अहिले पनि संघीय संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन छ । त्यसको कार्यान्वनका लागि आफूले पहल गर्ने डा।केसीको पहिलो एजेण्डा हुनेछ । नेपाली भएरमात्रै हुन्नरहेछ, पहिचानका लागि प्रमाणको आवश्यकता पर्छ । त्यो प्रमाण नै नागरिकता हो । गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गराउन एनआरएनए लागि पर्नेछ । किनकि यो कुरा २०७२ को संविधानमा नै व्यवस्था गरिएको छ । त्यसको कार्यान्वयनमा ढिलाइ भएको छ । त्यसका लागि नेपाल सरकारसँग आवश्यक छलफल गर्ने केसीले बताउनुभयो ।

२. बैदेशिक रोजगारीमा भएका समास्या समाधान ।

नेपालले श्रम सम्झौता गरेका विभिन्न देशहरूमा पुगेका अधिकांश नेपाली दाजुभाइ तथा दिदीबहिनीले समयमा तलब नपाएको, कम्पनीबाट ठगिएको, अत्याधिक श्रम शोषण भएका खबर दैनिक सञ्चार माध्यममा आइनै रहन्छ । कति नेपाली अलपत्र परेको घटना आँखै अगाडि देखिन्छ । यी चुनौती र समस्या उप्रान्त नहोस् भन्नका लागि केसीले नेपाल सरकार र एनआरएनएको सहकार्य र सम्झौतामा पहल गर्ने बताएका छन् ।

३. बौद्विक वर्ग र दोस्रो पुस्ताका युवाहरूलाई एनआरएनएमा आबद्ध गराउने ।

नेपालका उत्कृष्ट विद्यार्थीहरूले आफ्ना सर्टिफिकेट बोकेर विदेशिनुपर्ने बाध्यता छ । यसका लागि उनीहरूले पनि नेपालमा योगदान गर्ने वातावरण बनाउन आफू लागि पर्ने बताउनुभएको छ । विश्वका प्रसिद्ध विश्वविद्यालयमा अध्ययन गरेका विद्वतबाट नेपालका विश्वविद्यालय, क्याम्पस लगायतकामा ल्याब, रिसर्च सेन्टर, आविष्कार केन्द्रमा अध्यापन गराउन सक्ने वातारण सिर्जना गर्ने केसीको उद्देश्य छ । यसका साथै छुट्टै संरचना बनाएर विदेशमा अध्यापनरत प्रोफेसर डाक्टर, रिसर्चरलाई नेपाल भित्र्याउने र यहीँ काम गर्ने व्यवस्था मिलाउने केसीको उद्देश्य छ ।

४. गैरआवसीय नेपालीहरूको लगानी नेपाल भित्र्याउने ।

मुलुका अधिकांश देशमा रहने नेपालीले आफ्नो गच्छे अनुसारको लगानी गर्न सक्छन् । त्यसको समुचित लाभ पनि पाउन सकून भनेर यसअघि एनआरएनएले १० अर्बको कम्पनी खडा गरेका छौँ । एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड जस्ता प्रोजेक्ट सुरु गरेको उहाँ बताउँनुहुन्छ । त्यस्तै विदेशमा बस्नेले कम्तिमा पनि १० लाख नेपालीको डिम्याट खाता खुलाउँछौं । र, विदेशबाट आइपिओ भर्न लगाउने हाम्रो ध्येय छ ।

५. श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने ।

आगामी दुई वर्षभित्रै डा।केसीको लक्ष्य श्रम बैंक स्थापना गर्ने छ । श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने उहाँको इच्छा हो । एनआरएनएको सुझावका आधारमा सरकारले यसअघि नै यो कार्यक्रम ल्याउने तय गरेको छ । यसलाई चलायमान बनाउनका लागि केसीले आवश्यक पहल गर्ने बताउनुभएको छ । त्यस्तै नेपालमा केन्द्र रहने र उक्त केन्द्रका बैंकको शाखा संसारभर रेमिटयान्स एजेन्सीका रूपमा विस्तार गर्ने पनि उहाँको लक्ष्य छ । र, वैदेशिक रोगजारीमा भएका श्रमिकको झन्डै १० खर्बभन्दा बढी रेमिटयान्स नेपाल भित्रिन्छ । यसबाट रेमिट्यान्सको उत्पादनशील कार्यका लागि उपयोगिता बढ्ने छ ।

६. नेपाली भाषा, साहित्य र कलाको बेलीविस्तार गर्ने ।

विदेशमा बस्ने नेपाली र उहाँहरूका सन्तानले नेपाली भाषा अध्ययन गर्न पाएका छैनन् । भाषाको प्रभावका कारण नेपाललाई विस्तारै भुल्दै गएका छन् । यसका लागि नेपाली, भाषा, साहित्य कला सिकाउन आवश्यक देखिन्छ । आफ्नो देशको भाषाप्रति अनविज्ञ भए पहिचान नै गुम्ने खतरा हुन्छ । त्यसैले गैरआवासीय नेपालीका लागि नेपाली भाषा, साहित्य र कलाको प्रवद्र्धन गर्नका लागि विद्यालय खोल्ने पनि डा। बद्री केसीको एजेण्डा रहेको छ ।

७. एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने ।

सन् २००३ मा स्थापना भएको एनआरएनए अहिले ८४ देशमा सांगठानिक संरचना विस्तार भएको छ । यससँग झन्डै ३ हजार ४ सयभन्दा बढी सदस्य छन् । यसको लोकप्रियता देशव्यापी हुँदा नेपालमा पनि लोकप्रियता बढाउने उद्देश्य रहेको केसीले बताउनुभएको छ । देशका ७७ वटै जिल्लाबाट प्रवास पसेका नेपालीहरूलाई एकत्रित गर्ने यसको उद्देश्य रहेकोले आफूले नेपालका सबै जिल्ला र ७ वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

८. एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने ।

गैरआवसीय नेपाली संघ मुलुकका ८४ देशमा सांगठानिक संरचना छ । यस हिसाबले यो निकै ठूलो संस्था पनि हो । यसबाट नेपाल सरकारले ठूलो लाभ लिनसक्ने प्रवल सम्भावना छ । यसका लागि नेपाल सरकार र मुलुकका विभिन्न देशमा विस्तारित एनआरएनएको सहयोगमा कुटनीतिक पक्षलाई मर्यादित र सम्बन्ध बलियो बनाएको खण्डमा प्रशस्त लाभ लिन र दिन सकिने भएकाले दुवैको सम्बन्ध गाढा बनाउनमा सहयोग हुने भएकालेल यो एजेण्डा पनि केसीले समेटेका छन् ।

९. वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने ।

खाडी मुलुकबाहेकका अन्य देशहरू जस्तै युरोपियन कन्ट्रीमा सुरक्षा र मानव अधिकारको प्रत्याभूत भएको हुनाले त्यतातिर पनि नेपाली श्रमिकका लागि गन्तव्य बन्नसक्छ । त्यसका लागि पनि आफूले पहल गर्ने केसी बताउँछन् । मानवअधिकार, सुरक्षाको प्रत्याभूति नभएका देशमा नेपालीले दुःख पीडा झल्दै आएका छन् । त्यसबाट मुक्ति पाउन हमेशा कोसिस गर्नेछु । यीनै मुख्य एजेण्डासहित आफूले आसन्न १० औँ महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारी दिएको केसीले भन्नुभएको छ ।