जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १९:२६

देउवाप्रति आक्रोशित बने गगन थापा


काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका नेता गगन थापा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोशित देखिनुभएको छ । देउवाले पार्टीको बिधान नमानेको र आफूखुसी गरेको भन्दै थापाले आक्रोश पोख्नुभएको हो ।

उहाँले पार्टीभित्रको बेथिति हटाउन कांग्रेस पुनर्निर्माण गर्नुपर्ने निश्कर्षसमेत सुनाउनु भएको छ । कांग्रेस महाधिवेशन सार्ने विषयले पदाधिकारी बैठकमा प्रवेश पाएको तर्फ संकेत गर्दै थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने र बेथितिको जिम्मा लिनु नपर्ने अवस्थाको अव अन्त्य गर्नुपर्ने भन्दै नेतृत्वमाथि खनिनुभएको हो ।

‘नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं । कांग्रेस पुनर्निर्माण,’ नेता थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।