जनता टाइम्स

६ असार २०७६, शुक्रबार १२:५७

टोयोटाको नयाँ डिलर जनकपुरमा विस्तार


जनकपुर, असार ६

विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ ।

जनकपुरमा श्रेया अटोमोबाईल्सले बिगत केहि महिना देखि टोयोटाका गाडीहरु बिक्री गर्दै आईरहेको र हाल सम्म २५ वटा गाडि बिक्री भईसकेका छन्।

संचलानमा आएको केहि समय बितिसकेता पनि श्रेया अटोमोबाईल्स डिलरको उद्घाटन भने भव्य समारोहका बिच आज जनकपुरमा सम्पन्न भयो । उक्त कार्यक्रममा कैलाश र महेश प्रमुख अतिथीका रुपमा उपस्थित थिए।  उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको जानकारी दिएको छ ।