जनता टाइम्स

६ असार २०७६, शुक्रबार १३:१०

सिटिजन्स बैंकद्वारा म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाई आर्थिक सहयोग प्रदान


काठमाडौं, असार ६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजित कार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको जनाएको छ ।