जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १४:१०

१२औँ तह बढुवाका लागि स्वास्थ्यले माग्यो ११औँ तहका अधिकृतको विवरण


काठमाडौं, असोज १० । स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रो तहमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशन गरी रिक्त रहेका ३ जना १२ औं तह अधिकृतमा बढुवाका लागि विवरण मागेको हो ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा गर्नका लागि भन्दै मन्त्रालयले आवेदन माग गरेको हो । २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरूलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण १५ दिनभित्र पेश गर्न भनिएको छ ।