जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १४:३७

नेप्सेमा मानुषी लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?


काठमाडौं, असोज १० । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मानुषी लघुवित्तको शेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै सोमबारबाट कम्पनीको शेयर कारोबार खुला हुने छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।

यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।