जनता टाइम्स

६ असार २०७६, शुक्रबार १३:२१

यूनियन लाइफ इन्स्योरेन्स को प्रादेशिक कार्यालय सञ्चालनमा


काठमाडौं, असार ६

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालयको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाण्डौंको बबरमहलमा स्थापना गरेको हो । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने ब्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईज्यूले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिनु भयो ।

यूनियन लाइफले बबरमहलमा स्थापना गरेको प्रदेश नं. ३ अन्तर्गतको प्रादेशिक कार्यालयको शुभारम्भ गर्दै यूनियन लाइफले गरेको प्रगती अन्य कम्पनीहरुको लागि समेत मार्गदर्शन भएको बताउनु भयो । उहाँले देशमा बीमा ब्यावसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउदै नेपालमा बीमाको कभरेज २० प्रतिशत भन्दा बढि पुग्ने अवस्था रहेको बताउनु भयो ।

कम्पनीको प्रादेशिक कार्यालय उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीले छोटो समयमा निकै ठुलो सफलता प्राप्त गरेको उल्लेख गर्दै नियमनकारी निकाय बीमा समिति, संचालक समिति, कर्मचारीहरु, अभिकर्ताहरु र बीमितहरु प्रति आभार प्रकट गर्नु भयो ।