जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १५:३८

६१ अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेकका उपसूचकमा रातो


काठमाडौं, १० असोज । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ६१।२७ अंकले घटेको छ । आज नेप्से २७५८।४८ विन्दुमा रोकिएको छ ।
आज अधिकांश कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । म्युचुअल फण्डबाहेक अन्य सबैको उपसूचकमा रातो लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य ५।८९ प्रतिशतले घट्यो ।मनकामना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेचमा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।