जनता टाइम्स

११ आश्विन २०७८, सोमबार ११:०६

ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज, यसरी टारियो संकट


काठमाडौं, असोज ११ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो।

बिमानस्थल कार्यालयले सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको जनाएको छ। विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।

जहाज फर्किएपछि काठमाडौं विमानस्थलमा सम्भावित संकटलाई ध्यानमा राखी सबै तयारी गरिएको थियो। काठमाडौंको आकाशमा धेरै फन्को लगाएर जहाजको इन्धन कम भएपछि अवतरण गराइएको हो। चालक दलका सदस्यको कुसलताले ठूलो दुर्घटना टरेको बिमानस्थल कार्यालय स्रोतले जनाएको छ ।