जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार ०८:३४

इग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगका लागि छनौट


लन्डन, वैशाख २३

चेल्सी अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि आइतबार राति छनोट भएको छ । उसले शीर्ष चारमा रहन वाटफोर्डलाई ३–० ले हरायो ।

अर्को खेलमा आर्सनलले ब्राइटनसग १–१ को बराबरी खेलेपछि चेल्सी भाग्यमानी सावित भयो । चेल्सी ७१ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ । चौथोमा टोटनहमको ७० अंक छ र उसको पनि छनोट लगभग निश्चित जस्तै भएको छ ।

एक चरणको खेल बाकी रहेको स्थितिमा आर्सनलको ६७ अंक छ र गोल अन्तरमा टोटनहमभन्दा धेरै पछाडि छ । आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हर्डसफिल्डविरुद्ध १–१ को बराबरी खेल्यो । म्यानचेस्टर ६६ अंकमा छैटौंमा छ । लिगको उपाधिका लागि भने शिर्ष लिभरपुल र म्याचेस्टर सिटीविच टक्कर चलिरहेको छ ।