जनता टाइम्स

११ बैशाख २०८१, मंगलवार १९:४३

कर्णाली किड्स कपको उपाधी छत्रपाल आधारभूत विद्यालयको पोल्टामा


हुम्ला, ११ बैशाख । कर्णाली किड्स कप २०८१ को उपाधी अदानचुली गाउँपालिका–३ को छज्ञपाल आधारभूत विद्यालयले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा सुर्योदयलाई १ का विरुद्ध ५ गोल गर्दै छत्रपाल आधारभुत विद्यालयले सुर्यादय माध्यमिक विद्यालयलाई पराजित गर्दै कपको उपाधी हात पारेको हो । फाइनल खेलमा छत्रपालको तर्फबाट सर्जन रोकाया, जेनेभा फडेरा, दशरथ फडेरा, प्रमोद बुमी, केवल विष्टले १/१ गोल गरेर छत्रपाललाई उपाधी हात पार्न सफल बनाएका थिए ।

खेल शुरु भएको पहिलो हाफमा सुर्योदय माध्यमिक विद्यालयका निराजन बुढाले १ गोल हानेपनि त्यसलाई अघि बढाउन नसकेपछि उपाधीको दाबेदारका रुपमा छत्रपाल आएको हो । फाइनल खेलको उपबिजेता सुर्योदय माध्यमिक विद्यालयले कपको दोस्रो पुरस्कारमै चित्त बुझाउनु पर्यो । बालबालिकाका लागि खेलकुद भन्ने नाराको साथ पहिलो पटक शुरु भएको कर्णाली किड्स कपको बिजेता छत्रपालले ३० हजार नगद, ट्रफी र म्याडल प्राप्त गरेको छ भने कपको दोस्रो सुर्योदय माध्यमिक विद्यालयले २० हजार नगद, ट्रफी र म्याडल प्राप्ट गरेको छ ।

यसैगरी तेस्रो हुने जनकल्याण आधारभूत विद्यालये १० हजार नगद, ट्रफी र म्याडल प्राप्त गरको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीमा जनकल्याण आधारभूत विद्यालयका हेमराज दानी भएका छन् । खेल अवधीभर निकै राम्रो खेल खेलेको भन्दै दानीलाई उत्कृष्ठ खेलाडीका रुमा पुरस्कृत गरिएको आयोजक रेडियो श्रीनगर एफएमका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा छत्रपाल आधारभूत विद्यालय सर्जन रोकाया छनोट भएका छन् भने उत्कृष्ठ गोल रक्षकमा छत्रपालकै प्रवेश फडेरा छनोट भएका छन् ।

सबैजनालाई प्रमाण पत्र, नगद पुरस्कार प्रदान गरिएको छ । खेल स्थानीय सन्देश विश्वको भन्ने ध्येयका साथ शुरु भएको कर्णाली किड्स कपको पुरस्कार वितरण रेडियो श्रीनगर सञ्चालक समितिका अध्यक्ष नवराज महताराको अध्यक्षता र अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । कपको बिजेता टोलीले बाजागाजा सहित श्रीनगर बजार परिक्रमा गरेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरि खुशी साँटासाँट गरेको छत्रपाल आधारभुत विद्यालयका प्रधानाध्यापक परशुराम चौधरीले जानकारी दिनुभयो ।