जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १८:४०

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता


काठमाडौं, १३ बैशाख । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा नेपाल र विश्वमा ट्रायथलनको अवस्था बारे छलफल भएको थियो ।

भेटका अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा ट्रायथलन खेलको विकासका लागि विश्व ट्रायथलन महासंघबाट सहयोगका लागि आग्रह गर्नुभएको छ । पर्यटकीय राजधानी पोखरामा वैशाख १५ गतेदेखि ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ को अवसरमा कासाडो नेपाल आउनुभएको हो ।