जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार १८:०९

राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान


काठमाडौं, १२ बैशाख । राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई शेरबहादुर स्मृति प्रतिष्ठानले सम्मान गरेको छ ।

सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा प्रतिष्ठानले पुनम चन्दलाई ५० हजार नगदसहित स्पेसल अवार्डबाट सम्मान गरेको हो ।

उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नगद र सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।