काठमाडौ, २१ असोज । नेपाल बैंकमा खाताहरु खोल्ने ग्राहकलाइ विशेष सुविधाका प्याकेज दिने गरि बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र बैकका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गर्नुभएको हो । पहिलो अफरमा शुभज्ञान बचत खाता खोल्ने विद्यार्थीले टेलिकमको सिम निःशुल्क पाउने छन भने सहयात्री बचत खाता खोल्दा दम्पत्तिले टेलिकमको सिम र अन्य अतिरित्त सुविधा पाउने छन । दोश्रो अफरमा सिम चालु भएको मितिले एक महिनासम्म हरेक दिन १० वटा एसएमएस, १ सय एमबी डाटा र ४० मिनेट निःशुल्क कल सुविधा पाउने छन । त्यस्तै बैंकको मोबाइल बैंकिङ एप चलाउँदा १ वर्षसम्म इन्टरनेट शुल्क लाग्ने छैन । यस योजना अन्तरगत खाता खोल्ने ग्राहकले नेपाल बैंकको तर्फबाट थप १ महिनाको लागि १ जिवि डाटा निःशुल्क उपलब्ध हुने पनि उल्लेख छ ।
नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता













प्रतिक्रिया दिनुहोस्