रसुवा, १० कात्तिक । तेस्रो लिंङ्गीलाई ‘अन्य’ लेखेर जिल्ला प्रशासन कार्यालय रसुवाले पहिलो पटक नागरिकता प्रदान गरिएको छ । कार्यालयले कालिका गाउँपालिका–१ का तेस्रो लिंङ्गीलाई ‘अन्य’ लेखेर नागरिकता दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले सोमबार १७ वर्षका तेस्रो लिंङ्गीलाई ‘अन्य’ लेखेर नागरिकता प्रदान गर्नुभएको हो ।
कालिका गाउँपालिका–१ बस्ने योछिरिङ तामाङ र नेवाङ्मो तामाङ जन्मिएका पेमा बुट्टी तामाङलाई नेपाली नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । रसुवाबाट तेस्रो लिंङ्गीलाई नागरिकता दिएको यो पहिलो भएको उहाँले बताउनुभयो ।
‘उहाँहरू आफै नागरिकता बनाउन आउनु भएको हो, सुरुमा यस्तो छ, नागरिकता पाइन्छ कि पाइदैँन् भनेर भन्नु भयो, घटना दर्ता गर्न सचिवले पनि सोध्नु भएको थियो, हामीले पाइन्छ, हुन्छ भन्यौ,’ उहाँले भन्नुभयो, जन्मदर्तामा र रसुवा अस्पतालले पनि तेस्रो लिंगी हो भनेर प्रमाणीकरण गरेपछि सोही आधारमा नागरिकतामा ‘अन्य’ लेखेको हो ।’ पेमाबुट्टि १५ भदौ २०६१ जन्मिएका हुन् । आवाज केटीको जस्तो रहेको उनलाई परिवारमा पनि छोरीको दर्जा दिएको परिवारले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्