जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १७:१०

दोलखाको मेलुङमा अम्बिका गोले बने एमाले अध्यक्ष, यी हुन नवनिर्वाचित पदाधिकारी


दोलखा, कात्तिक १० । नेकपा एमाले मेलुङ गाउँपालिका कमिटीको अध्यक्षतामा अम्बिका गोले सर्वसम्मत रुपमा चयन हुनुभएको छ । आज सम्पन्न प्रथम अधिवेशनले गोलेको नेतृत्वमा ७५ सदस्यीय एमाले पालिका कमिटी गठन गरेको हो ।

गाउँपालिका कमिटीको उपाध्यक्षमा ललितबहादुर बस्नेत, सचिबमा नबराज खड्का, सहसचिबमा सोभा पोखरेल र भीमबहादुर मगर चयन हुनुभएको छ ।