काठमाडौँ, १२ कार्तिक । धादिङको धुनिबेशी नगरपालिका ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो । सुरुङमार्गमा बिहीबार बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो ।ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्