मकवानपुर, कात्तिक १३ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा शालिकराम पुडासैनी निर्बिरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रथम अधिबेशनले पुडासैनीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा नबराज खतिवडा, सचिवमा बोलबहादुर कार्की, उपसचिवमा जेन श्रेष्ठ र अन्जु श्रेष्ठलाई चयन गरेको हो । हेटौडा नगर कमिटीको प्रथम अधिवेशनको उदघाटन एमाले नेता शंकर पोखरेलले गर्नुभएको थियो ।















प्रतिक्रिया दिनुहोस्