जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार ०८:२८

ब्रह्मनगर समाज सुधार समितिको अध्यक्षमा भट्टराई, यी हुन नयाँ कार्यसमितिका पदाधिकारी र सदस्य


भक्तपुर, कात्तिक १४ । सूर्यविनायक नगरपालिका वडा नं ३ भक्तपुर स्थित ब्रह्मनगर समाज सुधार समितिको १९औं र २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधरणसभाले दामोदर भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मिना कार्की, सचिवमा मोहनप्रसाद रेग्मी, सहसचिवमा नवराज भट्टराई र कोषध्यक्षमा लक्ष्मी पुष्पा भट्टराई लम्साल चयन हुनुभउको छ । यसैगरी सदस्यहरुमा शरणबहादुर केसी, शान्तबहादुर बस्नेत, राजेन्द्र संग्रौला, सरस्वती घिमिरे, यमबहादुर बिष्ट, मेनुका ढकाल आचार्य, सन्तोष भट्टराई, अनामिका खरेल ढुङ्गाना, गंगा अधिकारी, दीर्घ सापकोटा, रसिला श्रेष्ठ, सुमिता डङ्गोल (सुमी) चयन हुनुभएको छ । समितिमा ब्रम्हनगर मन्दीर तथा पुजा ब्यवस्थापन समिति सदस्य चन्दोना सेन गुप्ता पदेन सदस्य हुनुहुन्छ ।

सााधरणसभा अध्यक्ष ज्ञानप्रसाद भट्टराईको अध्यक्षता र सूर्यविनायक नगरपालिका वडा नम्वर ३ का अध्यक्ष शिवशरण खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोथियो । कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक घनश्याम भट्टराईलाइ दोसल्ला ओढाएर सम्मान तथा नेपाल सरकारका सचिव राजकुमार श्रेष्ठ र उप सचिव केशव कुमार उप्रेतीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।