दोलखा, कात्तिक १५ । दोलखाको उत्तरी क्षेत्र बिगु र कालिञ्चोक गाउँपालिकाका माओवादी र कांग्रेसका प्रभावशाली नेताहरु सवै एमालेमा प्रवेश गरेका छन । एमाले बिगु र कालिञ्चोक गाउँपालिकाको प्रथम अधिवेशनको क्रममा तीन दर्जन युवा नेताहरु एमाले प्रवेश गर्नुभएको हो ।
कांग्रेस र माओवादीबाट जिल्ला र देशको बिकाश संभव छैन भन्ने निश्कर्षसहित आफूहरु एमालेमा प्रवेश गरेको नवप्रवेसीहरुले बताएका छन । यसरी एमाले प्रवेश गर्नेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर २, निर्वाचित जनप्रतिनिधि चन्द्रमाया थामी, कालिञ्चोक गाउँपालिका ५, माओवादी केन्द्रका युवा नेता केशव थामी, कालिञ्चोक गाउँपालिका ६, माओवादी केन्द्रका सचिव अमर थामी, विगु गाउँपालिका ८, माओवादी केन्द्रका पुराना नेता भक्त बहादुर थामी, कालिञ्चोक गाउँपालिका २, माओवादी केन्द्रका युवा नेता सागर थामी, कालिञ्चोक गाउँपालिका ५, माओवादी केन्द्रका नेता लोक बहादुर थामी रहनुभएको छ ।
उहाँहरु सवै माओवादीका स्थानीय प्रभावशाली नेता हुनुहुन्छ । यस्तै कांग्रेस त्यागेर कालिञ्चोक गाउँपालिका २, नेपाली कांग्रेसकी युवा नेतृ सम्झना थामीसहित डेढ दर्जन कांग्रेस युवा नेताहरु एमाले प्रवेश गर्नुभएको छ । यस्तै कांग्रेस नेता, व्यवसायी उद्योग वाणिज्य संघ सिंगटी कोषाध्यक्ष प्रकास श्रेष्ठ पनि एमाले प्रवेश गर्नुभएको छ ।





















प्रतिक्रिया दिनुहोस्