जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार १८:५१

महाधिवेशनका लागि एमालेले बनायो जनसंगठन परिचालन कमिटी, खिमलाल भट्टराई संयोजक (सूचीसहित)


काठमाडौं, कात्तिक १७ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन जनपरिचालन कमिटीले महाधिवेशनमा जनसंगठन परिचालन कमिटी गठन गरेको छ । जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले केन्द्रीय सदस्य खिमलाल भट्टराई संयोजक रहने गरी जनसंगठन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीले महाधिवेशनमा एमालेका २२ वटा जनसंगठनलाई परिचालन गर्ने मुख्य जिम्मेवारी पाएको संयोजक भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार कमिटीमा सबै जनसंगठनका इन्चार्ज र अध्यक्षहरू सदस्य रहने व्यवस्था गरिएको छ । सबै जनसंगठनका इन्चार्ज र अध्यक्ष सदस्य रहँदा ५७ जना सदस्य रहेको कमिटी बन्ने भट्टराईले जानकारी दिनुभयो ।

संयोजक भट्टराईका अनुसार कमिटीले महाधिवेशनमा ५ लाख जनसहभागिता जुटाउने गरी काम गर्ने छ । ‘महाधिवेशनलाई सफल बनाउन सबै जनसंगठनको प्रभावकारी रूपमा परिचालन गर्छौं । महाधिवेशनमा ५ लाख जनसहभागिता जुटाउनका लािग काठमाडौं उपत्यकाबाट लाखौं मानिस चितवन जाने व्यवस्था मिलाउँछौं,’ भट्टराईले भन्नुभयो, ‘एमाले महाधिवेशनको उदघाटन समारोहमा मानवसागर उर्लने छ ।’