काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गर्नुभएको हो ।
आज भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत पाउनुभएको छ । श्रेष्ठलाई देउवा समूहका जितजंग बस्नेत, उदयशमशेर जबरालगायतको समर्थन थियो । चित्रकारलाई वर्तमान सभापति मदन अमात्यलगायतले साथ दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्