जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार १५:४३

ट्याक्टरको ढालाले किचेर एक जनाको मृत्यु


काठमाडौं, २८ मंसिर । माईजोगमाई गाँउपालिका–४ गैरीगाउँमा ट्याक्टरको ढालाले किचेर ५४ बर्षीय पूर्णबहादुर घलेको मृत्यु भएको छ । सोमबार बेलुका सवा ६ बजेतिर पराल बोकेको मे१त ११७३ नम्बरको ट्याक्टरमा सवार घले लड्दा ट्याक्टरको ढालाले किचेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका चालक ताप्लेजुङ याङबरक गाँउपालिका–१ का २० बर्षीय टेकिन्द्रसिवा दर्जीलाई प्रहरीले मंगलबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।