जनता टाइम्स

१४ पुष २०७८, बुधबार १३:४८

रामकुमारी झाँक्रीलाई म सँग चुनाव लड्न चुनौती दिन्छु : रामप्रसाद रिजाल


काठमाडौं, पुस १४ । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले चुनावमा प्रतिष्पर्धा गर्ने र एमालेसँग प्रतिष्पर्धा गर्न सक्ने पार्टी नै नभएको टिप्पणी गर्नुभएको छ । केहि समय अगाडि एमाले प्रवेश गरेका नेता रिजालले माधव नेपाल नेतृत्वको समाजवादीको लज्जास्पद हार हुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो , ‘कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेहरु को पत्तासाप हुने निश्चित छ ।’एकीकृत समाजवादीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै नेता रिजालले भन्नुभयो , ‘रामकुमारी कमरेड तपाईले धेरै फुरफुर गर्नुभयो, तपाईको राजनीति अब हुने निर्वाचन पछि सकिन्छ । जहाँ माधव कमरेड त सकिए रामकुकारीको के कुरा ?नेता रिजालले रामकुमारी झाँक्रीलाई आफूसँग चुनाव लड्न चुनौती समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईलाई चुनाव हराउन कोही चाहिदैन रामप्रसाद रिजाल काफी छ तपाई जहाँबाट चुनाव लड्ने हो आगामी निर्वाचनमा म त्यही क्षेत्रबाट लड्ने छु म नै तपाईको लागी निक्कै भारी हुन्छु ।’ नेता रिजालले एमालेको विचार सिद्धांत र नेतृत्व सहि भएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘एमालेको सक्षम नेतृत्व, असल लिडरशीप र जनताको मत जित्ने एजेन्डाले एमाले एक नम्बर पार्टी हो ।’ एमाले विभाजन नभई एमालेमा बसेर एमाले नै मास्ने कम्युनिस्ट आन्दोलन समाप्त गर्नेहरु ठेगान लागेको उहाँले बताउनुभयो ।

नेता रिजालले नेकपा एमालेसँग प्रतिस्पर्धी पार्टी नै नभएको टिप्पणी गर्नुभयो । उउहाँले भन्नुभयो, ‘चुनावमा एमाले प्रथम पार्टी, कांग्रेस दोस्रो भए पनि निक्कै कमजोर छ नाम मात्रको दोस्रो ठुलो कांग्रेस माओवादी र मधेसवादी २–४ सिट जित्लान एकीकृत समाजवादी राप्रपा भन्दा पनि सानो र कमजोर हुनेछ ।’