धनगढी, माघ १३ । कैलालीमा एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिसओ’ हुनुहुन्थ्यो । डिएसपी जोशीका अनुसार रमेश धनगढी उपमहानगरपालिका–३ स्थित गुरुद्वारामार्गको आफ्नै घरमा मृत फेला परेका हुन । जोशी घरमा एक्लै रहेको र परिवारका अन्य सदस्यहरू भने आफन्तको बिहेमा गएको प्रहरीले बताएको छ ।
जोशी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ । परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउँदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्