जनता टाइम्स

१७ माघ २०७८, सोमबार ०९:२९

दुर्गेशको नयाँ गीत ‘पैसा’मा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन माग


काठमाडौं, माघ १७ । गायक दुर्गेश थापा नयाँ गीत ‘पैसा’ पनि विवादमा तानिएको छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गर्नुभएको छ । ‘अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ,’ संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कलाकारले प्रयोग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।’

‘पैसा’म्युजिक भिडियो प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएको छ ।