काठमाडौं, फागुन २३ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा एकजनालाई ६ वर्षपछि कतारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा बिसनपुर गाउँपालिका–५ सिरहाका विक्की मुस्कान भनिने भोगेन्द्र यादव छन् । उनीमाथि २०७२ सालमा श्रीमतीको हत्या गरेको आरोप छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनलाई इन्टरपोलको समन्वय तथा कतार प्रहरीको सहयोगमा कतारबाट पक्राउ गरी आज नेपाल ल्याइएको छ ।ललितपुरको लेले –९ फैडोलको पाइ पार्क जान बाटोमा श्रीमतीको हत्या गरेको उनीमाथि आरोप छ भने उक्त मुद्दा जिल्ला अदालत ललितपुरमा विचाराधिन छ । यस सम्बन्धमा थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त चापागाउँमा पेश गरिएको महाशाखाका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्