जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार १३:५०

महोत्तरीका ३ जनप्रतिनिधिलाई हिरो अफ द मधेशको उपाधी


महोत्तरी, १५ चैत । महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाउनुभएको छ । जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाउनुभएको हो ।

उपाधी पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरि प्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह हुनुहुन्छ ।

हिरो अफ द मधेश प्रतिष्ठानले गरेको एक सर्वेक्षणअनुसार आफ्ना स्थानिय तहमा भएका बिकाशका कामहरुमा उनिहरुको भुमिका अग्रणी रहेको बताइएको छ । हिरो अफ द मधेश प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाइ समेत आधार मान्दा जिल्लामा ३ जना जनप्रतिनिधि छानिएको उक्त संस्थाका संयोजक मोहन सिंहले जानकारी दिनुभयो ।,