जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १५:५३

दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेश सभाको बैठक


काठमाडौं, १५ चैत । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।