जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार २२:५५

स्पार्क अस्पतालमा नि शुल्क स्वास्थ्य शिविर


काठमाडौं, चैत्र २४ । यही शनिबार चैत २६ गते शनिबार कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा निस्शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

नेपाल मानव अधिकार संगठन काठमाडौं महानगरपालिकाको वडा नं १३ समिति तथा स्पार्क अस्पताल र स्पार्क पोलिक्लिनिकको संयुक्त आयोजनामा एक दिने नि शुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीको लागि हाडजोर्नी, नशा, सुगर रोग, मुख तथा दन्त उपचार, लगायतका सेवा शिविर मार्फत निस्शुल्क गर्न लागेको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए ।

शिविर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।शिविरमा चिकित्सद्धारा सिफारिस गरिएका अल्ट्रा साउन्ड, प्याथोलोजी सेवा तथा औषधि समेत निशुल्क बाँडिनेछ ।