कविता
केशर कार्की,
देशमा नेता हैन अव राजनेता चाहिएको छ ।
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब
देशको रथ हाँक्न सक्ने पाइलट चाहिएको छ ।
तलदेखि माथिसम्मको भ्रष्टचारलाई अन्त्य गर्नु छ,
सेटिङमा गरिएका कुकर्मको भण्डारफोर गर्नु छ ।
देशमा नेता हैन अब राजनेता चाहिएको छ ।
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब,
देशको रथ हाँक्न सक्ने पाइलट चाहिएको छ ।
कठै मेरो देश सेटिङै सेटिङकोे जालोमा फस्ने भयो ।
संग्रालयहरु समेत माफियाको चंगुलमा पर्ने भयो ।
त्यसैले,
देशमा नेता हैन अब राजनेता चाहिएको छ ।
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब ,
देशको रथ हाँक्न सक्ने पाइलट चाहिएको छ ।
देशको विकाश नचाहनेको शिर
छेदन गर्नै पर्ने समय आएको छ ।
आफ्नो प्यास मेटाउन जनताको
आँशु पिउनेलाई चिन्नुपर्ने भएको छ ।
देशमा नेता हैन अब राजनेता चाहिएको छ ।
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब,
देशको रथ हाँक्न सक्ने पाइलट चाहिएको छ ।













प्रतिक्रिया दिनुहोस्