सर्लाही, ४ वैशाख । सर्लाहीको मलंगवा नगरपालिका–१२ मा आज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर राय रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई आज मध्यान्ह सवा १२ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्