जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १४:०७

धनुषामा कार दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते


धनुषा, ११ वैशाख । धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा हिजो राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएको उहाँको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये गोलुको अवस्था गम्भीर रहेको छ । महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रीत भई माटोको डिस्कोमा ठोकिएको थियो ।