हेटौडा, बैशाख १६ । मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी एक जना महिलाको उम्मेदवारी खारेज भएको छ ।
नेपाली काँग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छायाँ अधिकारीको मनोनयन खारेज भएको हो । अधिकारी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको प्रमाण भेटिएपछि उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिनुभयो ।
गत वैशाख १३ गते बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो । उजुरी परेका मध्ये नेकपा माओवादीका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका भक्त खत्री र नेपाली कांग्रेसका बकैया गाउँपालिका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध परेको उजुरी भने रद्द भएको छ ।
उहाँहरु विरुद्धको उजुरीमा प्रमाण नपुगेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृत पोखरेलले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्