जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १६:१३

नेपालगन्जमा काँग्रेसका कार्यकर्ताले कुटे एमाले उम्मेदवार, रिगल आतंक व्यूतिने त्रास


बाँके, बैशाख २४ । चुनाव प्रचारमा खटिएका नेपालगन्ज उपमहानगरपालिका वडा नंं १३ का सदस्य उम्मेदवार रामकुमार गोडियामाथि प्रचारकै क्रममा आक्रमण भएको छ । शुक्रबार साँझ ९ः३० वजे नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १३ को लाला पुरुवा चौकमा निर्वाचन प्रचार प्रसार सकेर लालपुरुवा स्थित एमालेको निर्वाचन वडा सम्पर्क कार्यालयमा बसिरहेका एमाले उम्मेदवारमाथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन ।

नेपालगञ्ज ९ बाँके गाउँ स्थित कौशल चौधरीको छोरा विक्की सहित पाँच छ जनाको जनाले ‘यो एमालेको उम्मेदवार हो गोदनुपर्छ’ भन्दै नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १३ को वडा सदस्यका उम्मेदवार राम कुमार गोडियालाई एक्कासी मरासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिट गर्नेहरु वडानम्बर ९ र १३ को अपराधीक मनोवृत्तीका केटाहरु भएको र नेपाली कांग्रेसको नाम लिदै एमालेका वडा सदस्यका उम्मेदवारलाई लात्तै लाताले भकुरेको स्थानीयले बताएका छन ।

घटनपछि प्रहरी घटनास्थल पुगेको र अभियुक्तहरु हाल फरार रहेका छन् । अपराध ढाकछोप गर्न आफुहरु नेपाली कांग्रेस रहेको कस्ले के गर्न सक्छ भन्दै चोकमा डर त्रास र धम्की दिएर त्यहाँबाट भागेको स्थानिय बासिन्दाले बताएका छन । नेकपा एमालेका वडा कमिटि अध्यक्ष मुर्तुजा दर्जीले शुक्रवारको घटनाहरु आफुहरु त्रासमा रहेको बताउनु भयो । एमालेको बिजय हुने निश्चित भएपछि आक्रमण भएको उहाँको भनाई छ ।

नेपाली काँग्रेस निकट रिगल ढकालको आतंकका कारण कुनै बेला नेपालगन्ज भयभित हुन्थ्यो । आफ्नै सहकर्मीलाई दिनदहाडै प्रहरी नजिकै भएको ठाउँ सुर्खेतरोडमा खुडा प्रहार गरेर बिभित्स हत्या गरेको मुद्दामा दोष ठहर भएपछि रिगल जेलमा छन् । उनी जेल गएपछि छिन्नभिन्न भएको गुन्डा समूह फेरी स्थानीय तहको निर्वाचनको बेला नेपालगन्जमा सक्रिय हुन थालेपछि स्थानीय त्रसित छन् ।

रिगल जेल गएपछि शान्त भएको नेपालगन्जमा फेरी डर त्रासको माहोल र्सिजना भएकोछ । नेपाली काँग्रेस नेतृत्वको सरकार भएको मौका छोपेर उक्त समूह नेपाली काँग्रेस बाहेकका उम्मेदवार बिरुद्ध भौतिक आक्रमणमै उत्रिएका छन् ।