सुर्खेत, बैशाख २८ । रुकुम पश्चिममा प्रहरी चौकी आक्रमण गर्ने गाउँ कमिटीका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । यहीँ बैशाख २१ गते राती जिल्लाको त्रिवेणी गाउँपालिका–९ नुवाकोटमा रहेको प्रहरी चौकीमा आक्रमण गर्ने सोही गाउँपालिकाका गाउँ कमिटी अध्यक्ष ५० वर्षीय गणेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो । खड्का त्रिवेणि गाउँपालिका–८ का स्थायीबासी हुन् ।नुवाकोट डाँडामा राती वाईसीयल र तरुण दल कार्यकताविच झडपपछि खड्काको नेतृत्वमा गएको टोलीले प्रहरी चौकीमा आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो।
प्रहरी चौकीमा ढुंगामुढासँगै वाइसीयल कार्यकर्ताले काँग्रेसका त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार अमर सिंह खड्का चढ्ने रा १ ज १२६२ नम्बरको गाडीमा क्षती समेत पु¥याएको प्रवक्ता पाण्डेले उल्लेख गर्नुभयो । उहाँकाअनुसार माओवादीका गाउँ कमिटी अध्यक्ष खड्काको नेतृत्वमा घटना भएको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । खड्कालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मुसीकोट रुकुमपश्चिमबाट प्रहरीको थप टोली नुवाकोट पुगेको थियो ।













प्रतिक्रिया दिनुहोस्