जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार १८:१७

दमकमा गठबन्धनले परिचालित गरेका भिजिलान्तेहरुद्धारा नगर प्रमुख उम्मेद्वार गीता अधिकारीमाथि दुर्ब्यवार प्रयास


दमक, बैशाख २९ । झापा दमक नगरपालिकाकी उपप्रमुख तथा नेकपा एमाले नगर प्रमुखकी उम्मेद्वार गीता अधिकारीमाथि दुर्ब्यवारको प्रयास भएको छ । विरामी हेर्नका लागि गएकी अधिकारीलाई विरामी भिजिलान्तेको एक समुहले किन आएको ? किन विरामी हेर्नु पर्यो ? भन्दै घेराबन्दि गरेर दुर्ब्यवार गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा हालिएको छ ।

आफ्नै भाई देवरको साथमा अधिकारी विरामी हेर्न दमक ४ को एक घरमा दिउसो गएकी हुन् । बिरामी आफ्नै चालकको दिदिहुन् । विरामी भएको मानिसलाई हेर्न उम्मेद्वारले नपाउने रु भनेर आसपासका मानिसहरुले भन्दा भिडियो खिच्नेले एककोहोरो दुर्ब्यवार गर्ने आशय प्रकट गरेको देखिन्छ ।

निर्वाचन नजित्ने अवस्थादेखि यस प्रकारको हर्कत गर्न गठबन्धनले भिजिलान्तेहरु प्रयोग गरेको बताईन्छ ।गठबन्धनका उम्मेद्वारहरु रातको १२ बजेसम्म सुकुम्बासी बस्तिमा कार्यक्रम गर्दै हिडेका थिए । सुकुम्बासी आयोगका अध्यक्ष लगेर तत्कालै धनिपुर्जा दिने भनेर आश्वसन बाड्ने काम गर्दै आएकाछन् । रातको अनिदो र धपडिका कारण गठबन्धनका नगर प्रमुखका उम्मेद्वार राम थापा गम्भिर विरामी नै परेको समचारहरु प्रकाशनमा आएकाछन् ।