बैतडी, ३० बैशाख । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मतदान गरेर फर्किएका वृद्धको मृत्यु













प्रतिक्रिया दिनुहोस्