दैलेख, जेठ ४ । दैलेखको आठबीस नगरपालिकाको प्रमुख/उपप्रमुखमा बहुमत वडासहित एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी हनुभएको छ भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी हुनुभएको छ।
काँग्रेसका उम्मद्वार प्रेम प्रकाश शाहीलाई २६१ मतान्तरले हराउँदै बडुवाल विजयी हुनुभएको आठविस नगरपालिकाका निर्वाचन अधिकृत ओमबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विजयी बडुवालले ५३२७ मत ल्याउनु भएको छ । कांग्रेसका शाहीले भने ५०६६ मत मात्रै पाउनु भएको छ ।
यस्तै उपप्रमुखमा एमालेका १४८ मतान्तरले थापा विजयी हुनुभएको छ । काँग्रेसबाट उम्मेद्वार बनेकी निशा थापाले ४९६५ मत ल्याएर पराजित हुँदा थापाले ५११३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत अधिकारीले बताउनु भयो ।
साथै नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी हुनुभएको छ । कांग्रेसले ३ वडा जितेको छ । जसमा वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजर सिंह वि.क, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी हुनुभएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि आठबीसको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । प्रमुखमा खड्काराज उपाध्याय ३९२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका प्रेमप्रकाश शाहीलाई हराएर विजयी हुनुभएको थियो भने कांग्रेसका शाहीले ३८८० मात्रै प्राप्त गर्नुभएको थियो । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी दिपा बोहरा विजयी हनुभएको थियो । उहाँले ४१८७ मत प्राप्त गर्दै निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी गमता वि.कलाई पराजित गरेकी गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्