जनता टाइम्स

१५ जेष्ठ २०७९, आईतवार १८:१०

रेलका लागि ६ अर्ब ५३ करोड बजेट, मुख्य सहरमा ट्राम सेवा विस्तार गर्न सम्भाव्यता अध्ययन


काठमाडौं, जेठ १५ । सरकारले रेल सेवा विस्तार र सम्भाव्यता अध्ययन गर्न ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम विनियोजन गरेको जानकारी दिनुभयो।

अर्थमन्त्री शर्माका अनुसार पूर्व पश्चिम रेल सेवा सञ्चालनका लागि बर्दिवास-रौतहट खण्डको काम तीव्र पारिने र विजयपुरा–विराटनगर खण्डका लागि जग्गा लिने प्रक्रिया सूरु गरिने छ ।

उहाँले काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने बताए। त्यस्तै वीरगञ्ज, भेरहवा, पोखरालगायत मुख्य सहरमा ट्राम सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने जानकारी दिनुभयो। त्यस्तै जयनगर–कुर्था रेलको नियमित सञ्चालन र थप विस्तार गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।