जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार ०९:३५

नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै


काठमाडौं , २९ जेठ ।नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।

नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।