जनता टाइम्स

१ असार २०७९, बुधबार १७:४८

जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन


हेटौँडा, १ असार । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताउनुभयो ।

यसका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । उहाँले आव २०७९/०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताउनुभयो ।