जनता टाइम्स

७ असार २०७९, मंगलवार १४:१४

रोटरी क्लव अफ गोगंबु सातौं वर्षमा


काठमाडौं, असार ७ । रोटरी क्लव अफ गोगंबुले क्लवको सातौं वार्षिक उत्सव मनाएको छ । क्लवको सातौं वार्षिक उत्सवको अवसरमा सोमबार दृष्टिविहिन बालबालिकालाई खाद्यान्न वितरण समेत गरेको छ ।

ताारकेश्वर–५ बसाहा चौरमा रहेको दृष्टिविहिन बालबालिका शैक्षिक केन्द्रका १९ जना बालबालिकालाई सहयोग पुग्ने गरि खाद्यान्न वितरण गरिएको क्लवका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले आगामी दिनमा पनि क्लवले शैक्षिक केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।