हेटौंडा, असार २६ । नेपाली कांग्रेसका नेता एवं मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिंह घलानविरुद्ध एक बालिकाले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेकी छन ।
मकवानपुरमा असार १८ र १९ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्डको लागि हेटौँडा आएकी कैलाश गाउँपालिका– ९ स्थित कालिका माविमा अध्ययनरत १४ बर्षीया छात्राले घलानबिरुद्ध जाहेरी दिएकी हुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनले दिएको किटानी जाहेरीमा आफूहरू बसेको होटलको कोठामा मध्यराती वडाध्यक्ष घिसिङ प्रवेश गरेर आफूलाई बलात्कार गर्न खोजेको बताएकी छन ।
ती बालिकाले १८ गते दिनभर हेटौँडाको हुप्राचौरमा खेल रनिङ र लङ जम्प खेलेकी थिइन । भोलिपल्ट पनि खेल रहेकाले त्यस दिन साँझ हेटौँडा उपमहानगरपालिका– १ जरुवाटोलमा रहेको आसन गेष्ट हाउसमा खाना खाएर तेस्रो तल्लामा रहेको रुममा सुतेकी थिइन । आफू सुतिरहेकै बेला राती साढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुब्र्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको उनको भनाई छ ।
आफू निदाएको अवस्थामा एक्कासी शरीरमा केही हिँडेजस्तो लागेर हेर्दा वडाध्यक्ष घलानले गोप्य अंगमा सुमसुम्याएको पाएको उनको भनाई छ । घलानले आफूलाई यस्तो हर्कत गरेपछि इन्कार गरेर लात्ती हानेपछि भागेको पीडितको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्