चितवन, १ साउन । चितवनका पत्रकार कृष्ण आचार्य माथि दुर्ब्यवहार आरोपमा विद्युत प्राधिकरण भरतपुरका हाकिमसहित ८ जना विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । आज जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा दर्ता गरेको हो ।
कार्यालय प्रमुख राजीवकुमार सिंहको लगायत ८ जना विरुद्व मुद्धा दर्ता भएको चितवन प्रहरी प्रमुख एसपि नवराज अधिकारीले बताउनुभयो । घटनाका पिडित आचार्यले अभद्र व्यवहार अन्तर्गत हिजो जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । अन्य कर्मचारी पक्राउ परे पनि कार्यालय प्रमुख भने फरार रहेका छन् ।
भरतपुरमा रहेको विद्युत प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलन गर्न पुगेका पत्रकार आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गर्दै आचार्यको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेर लगेका थिए ।
प्रतिक्रिया दिनुहोस्