काठमाडौँ । परपुरुषसँग लागेर छ महिनाकी नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमा पक्राउ परेकी छन् । उनीसँगै एक पुरुष पनि पक्राउ परेका छन् ।
नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने स्याङ्जाको गल्याङ नगरपालिका २ इलुङ्गाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका १० कुमालगाउँका २२ वर्षीय केदार कुमाल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालका अनुसार कुमालसँग रानाले छ महिनाकी छोरीसहित भागी विवाह गरेकी थिइन् । त्यसपछि लक्ष्मीको पहिलो घर परिवारले प्रहरीमा निवेदन दिएसँगै खोजी कार्य सुरु भएको थियो ।
अनुसन्धानका क्रममा रानाले छ महिनाको छोरीलाई १० गते राति घरकै अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको खुलेकाले खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको शवसमेत फेला परेको थियो । प्रहरीले दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।













प्रतिक्रिया दिनुहोस्