काठमाडौं, भदौ १ । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा भएकोमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताउनु भयो ।
भिडियो सन्देश जारी गर्दै लामिछानेले भन्नुभएको छ, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’
उहाँले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको पनि बताउनु भएको छ । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ लामिछानेले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्